काठमाडौँ । बाँकेमा आजबाट रासायनिक मलको बिक्री वितरण प्रक्रिया शुरु गरिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लाका कृषकका लागि मलखादको बिक्री वितरण प्रक्रिया शुरु गरेको हो ।
धानखेतीका लागि अझै दुई हजार ४०० मेट्रिक टन युरिया र ७०० मेट्रिक टन डिएपी आवश्यक रहेको उनले बताएका छन् । लकडाउनका कारण कोलकातामा अलपत्र परेको १२ हजार ५०० मेट्रिक टन डिएपी भित्र्याउने प्रक्रिया शुरु भइसकेकाले अबको एक हप्ताभित्र नेपालगञ्ज पुगिसक्ने जनाइएको छ । युरियामल भने भारतको गुजरातमै रहेकाले आयातमा अझै समय लाग्ने बताइएको छ । शाखा प्रबन्धक पौडेलका अनुसार बाँकेमा वार्षिक छ हजार मेट्रिक टन युरिया र तीन हजार मेट्रिक टन डिएपी आवश्यक पर्छ ।
जिल्लाका किसानलाई मल बिक्री वितरण गर्न दामासाहीका आधारमा सहकारीलाई जिम्मा लगाइएको शाखा प्रबन्धक पौडेलले जानकारी दिएका छन् । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेडसँग आवद्ध १२० सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । साल्टटे«डिङ कर्पोरेशनले ६६ सहकारीमार्फत मल वितरण गर्दै आएको छ । (रासस)