
वीरगञ्ज । वीरगञ्जमा भेटिएको एउटा वेवारिसे शवमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २५ वर्षीय पुरुषको शव घन्टाघर नजिक भेटिएको हो ।
उनको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको थियो ।
शव उठाउने लगायतका कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ ।