आजबाट सवारी साधनमा जोर विजोर प्रणाली लागू: ४ पाङ्ग्रेमा ३ जना र २ पाङ्ग्रेमा १ जना मात्र चढन पाइने

काठमाडौँ । सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि निजी सवारीमा जोर विजोर प्रणाली लागु हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज शुक्रबारदेखि काठमाडौँ उपत्यका भित्र र अन्य जिल्लामा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको हो ।

उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिनेछ । एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालका अनुसार भोलिदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाउने छन् । ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पाङ्गे सवारी साधन (मोटरसाईकल, स्कुटर) मा चालक १ जना मात्र यात्रा गर्न पाउनेछन् ।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्नेछ ।

कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैनन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको