सुनको भाउ निरन्तर उकालो: राख्यो नयाँ रेकर्ड

काठमाडौं, जेठ २९ । कोरोनाको कहर बढिरहेका बेला सुनको भाउ पनि निरन्तर उकालो लागिरहेको छ । नेपाली बजारमा सुनको मूल्यले विहिवार नयाँ रेकर्ड कायम गरेको छ ।

बिहीबार सुन तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ । चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत वर्ष आजकै दिन सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा र चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि (चैत ११ गतेदेखि) साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन–चाँदीको कारोबार पुन सुरु गरेको थियो । सोही दिन सुन तोलाको ८७ हजार ४ सय र चाँदीको ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको