काठमाडौं । सरकारले जारी लकडाउनको मोडालिटी परिर्वत गर्ने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जारी बिहीबारदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको आजको निर्णय अनुसार सिनेमा हल, विद्यालय, पार्लर लगायत मान्छेको भिड्भाड हुने ठाउँबाहेक खाद्यान्न र अरु पसलहरु सामाजिक दुरी कायम गरेर खोल्ने निर्णय भएको छ । लामा तथा छोटा दुरीका यातायातका सम्बन्धमा भने यातायातमन्त्री र यातायात व्यवसायीको वैठकपछिमात्र निर्णय हुने स्रोतले जानकारी दियो ।
विहीबार बस्ने कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले असर १ गतेदेखि सरकारी कार्यालय खुल्ने र लकडाउनलाई पुन व्यवस्थित गरी स्वास्थ्य सुरक्षाका मापडण्डहरु पालना गरेर अत्यावश्यक सेवा जस्तै कृषि, उद्योग र ब्यापार खुकुलो गर्ने स्रोतले जानकारी दियो।
काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने, मोटरसाइकलमा चालक सहित १ जना र अन्य साना सवारी साधनमा चालकसहित २ जना राखेर चलाउन पाउने निर्णय भएको छ । सबै निर्णयहरु बिहीबार सार्वजनिक हुने स्रोतले जनाएको छ।
नेपालमा दोस्रो कोरोनाको विरामी भेटिएपछि गत चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको मिति पटक पटक थपिएको थियो । सरकारको यसअघिको निर्णय अनुसार जेठ ३२ गतेसम्मा लकडाउन जारी रहेको छ । साढे दुई महिना लामो लकडाउन गरेको सरकारले खुकुलो बनाउने योजना नल्याएको भन्दै व्यवसायीहरुले स्वस्फुर्त पसल समेत खोल्न थालेका छन् ।