प्रतिनिधिसभा सांसद गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन समाजवादीको निर्देशन , फिर्ता नलिए कारबाही गर्ने चेतावनी

काठमाडौं। समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । समाजवादी पाटीले सांसद गिरीलाई संविधान संशोधन फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

सांसद गिरीलाई पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन फिर्ता लिन निर्देशन दिनुभएको हो । प्रमुख सचेतक अरगरियाले बुधबार विज्ञप्ति जारी गरी सांसत गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिनुभएको हो ।

सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेपछि सांसद गिरीले त्यसविरुद्ध हुने गरी मंगलबार अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराउनु भएको हो । सांसद गिरीले सरकारले पेश गरेको संविधान संशोधन प्रस्ताव स्रोत र प्रमाण नपुगेको भन्दै त्यसलाई खारेज गर्न माग गर्नु भएको थियो ।

त्यस्तो प्रस्ताव दर्ता गरेपछि गिरीको सर्वत्र विरोध भइरहेको छ । गिरीको प्रस्तावलाई लिएर पार्टीको समेत टिकाटिप्पणी हुन थालेपछि समाजवादीले सांसद गिरीलाई फिर्ता गर्न निर्देशन दिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको