एकाबिहानै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि

काठमाडौं । एकाबिहानै  गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष रहेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।

यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको