चितवन । भरतपुर महानगरपालिका–३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटल (एनपिआई)मा उपचार भइरहेको छ ।
ती पुरुषको आज मात्रै कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको थियो ।