नेपालमा एकै दिन संक्रमितको संख्या २६ सय ३४ पुग्यो, २४ घण्टामा थप ३३४ जनामा संक्रमण

काठमाडौँ, २२ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा एकै दिनमा यति संक्रमित भेटिएको यो पहिलो पटक हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । जसमध्ये २ हजार ४ सय ५० पुरुष रहेका छन् भने १ सय ३४ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा ३ हजार ८ सय ६७ वटा नमुना संकलन गरेर परीक्षण गरिएको जानकारी दिए । १ लाख ६१ हजार २६२ जना आज क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसैगरी एक लाख २५ हजार ५ सय ६४ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभरका विभिन्न अस्पतालका आइसोलेनसमा २ हजार ३ सय ३५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

हालसम्म देशभरका विभिन्न अस्पतालबाट २९० जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये २३४ पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमण निको भएर डिस्चार्ज हुनेमा कलैया अस्पतालबाट ७ जना र नारायणी अस्पतालबाट ५ जना रहेका प्रवक्ता देवकोटाले जनाए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको