नेपालमा कोरोनाका कारण थप एकको मृत्यु पुष्टि, मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौँ, २२ जेठ । कोरोनाभाइरसका कारण थप एक जनाको मृत्यु भएको छ ।

उनको जेठ २० गते पाल्पाको मिसन अस्पतालमा उपचारका क्रममा भएको थियो ।

मृत्यु हुनेमा पाल्पा पूर्वखोलाका ४५ वर्षका पुरुष ५ दिन अघि भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा लगिएको थियो । त्यहीँ उनको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

मृत्युपछि उनको स्वाब संकलन गरि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको देवकोटाले जनाए । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको