भेरी नदीमा बगेर गाई चराउन गएका ३ बालबालिकाको  मृत्यु

डोल्पा । ठूलीभेरीमा नगरपालिकामा गाइ चराउन गएका ३ बालबालिकाको बगेर मृत्यु भएको छ । ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मोतिपुरका ३ बालबालिका मंगलबार दिउँसाे  ठूलीभेरी नदीमा बगेका हुन् ।

भेरीमा पसेकाे गाईलाई फर्काउन खोज्दा १२ वर्षीया यशोदा भण्डारी, ११ वर्षीय गंगा कठायत र १० वर्षीय विजय कडायत नदीमा बगेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण रन्जितकारले जनता समाचारलाई जानकारी दिनुभयो ।

डिएसपी रन्जितकारका अनुसार बगेका बालबालिका मध्ये गंगा नदीमै मृत अवस्थामा भेटिएकी थिइन् । अन्य २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको