कोरोना विशेष अस्पताल पोखरामा एकको मृत्यु

काठमाडौं, १९ जेठ । कोरोना विशेष उपचार अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार स्याङ्गा फेदीखोला गाउँपालिकाका एक व्यक्तिको मृत्यु भएको छ ।

५१ वर्षीय खड्कबहादुर कार्कीलाई अधिक ज्वरो आएपछि अस्पताल ल्याएको केही समयमा नै मृत्यु भएको हो ।

२ हप्ताअघि भारतबाट आएका उनी क्वारेन्टिनमा बसेर घर फर्किएका थिए । १४ दिन क्वारेन्टिन बस्नेक्रममा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

उपचारका क्रममा कार्कीको मृत्यु भएपछि प्रतिष्ठान प्रशासनले पुनः कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाएको जानकारी दिएको छ । त्यसको रिपोर्ट आउन बाँकी छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको