किन उपस्थित भएनन् नक्सा संसोधनको बैठकमा काङ्ग्रेस नेता डा.शेखर कोइराला ?

काठमाडौं । कालापानी,लिम्पियाधुरा, लिपुलेकको नक्सा प्रकाशन भए पछी संविधान संसोधन गर्न आवश्यक निर्णय लिन बसेको नेपाली काग्रेसको वैठकमा पार्टीका केन्द्रिय सदस्य डा.शेखर कोइराला रहस्यमय तरिकाले अनुपस्थित भएका छन् । यस अघी भारतले नेपाली भुमी नक्सा आफ्नोमा प्रकाशित गरी पाटिका सभापति देउवाले भारतको उक्त कदम असहय भएको अभिव्यक्ती दिदा पनि शेखरले सभापतिको उक्त भनाई आधिकारीक नभएको बताएका थिए । यसरी देशको राष्ट्रियता र स्वाभिमान माथि प्रहार गर्दा समेत कोइराला चुप लागेर भारतको कदमलाई साथ दिएको प्रष्ट भएको कुरा अहिले कांग्रेस वृतमा चर्चामा आएको छ । भारतको खुविया एजेन्सी र `रअ` संग निकै निकट सम्बन्ध भएका शेखर यस पटक पनि भारतकै निर्देशनमा उपस्थित नभएको सुत्र बताउँछ । यसैगरी चालु बैठकमा सभापति देउवाले प्रस्तावको पक्षमा बोल्न आग्रह गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल नबोले पछी केन्द्रिय सदस्य महेश आचार्य लगायतले तपाईं नबोल्नुको रहस्य के हो भनेर प्रश्न गरेका थिए ? स्मरण रहोस् भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई उनले केही महिना अघी भेटेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको