
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । आइतबार बाजुराको अस्पतालको आइसोलेसनमा आइतबार बिहान ज्यान गुमाएकी बुढिगंगा–१ कीदुई वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको हो ।
मृतक बालिकाको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाइएको थियो थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोभिड–१९ का कारण मृत्यु भएको खुलेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिए ।
निर्देशक डा. अवस्थीका अनुसार मृतक बालिकाकाे आमामा पनि संक्रमण देखिएकाे छ । उनका बुवाको भने रिपोर्ट नेगेटिभ छ । ती बालिका आमाबुवासँग एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन्। चार दिनअघि बालिकाका आमाबुवाले उनलाई अस्पताल ल्याएका थिए । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेशनमा राखिएको थियो । तीनै जनाको स्वाब धनगढी पठाइएको थियो ।