
नेपालमा कोरोना भाइरस संक्रमित मध्ये हालसम्म २१९ जना उपचारपछि निको भएर घर फर्किएका छन । मन्त्रालयले आज आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन ।
प्रवक्ता देवकोटाले दिनुभएको जानकारी अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेको छ । यस्तै आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् ।