काठमाडौं । मुलुकमा मंगलबार फेरि ९० जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै मुलुकमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
संक्रमित मध्ये अहिलेसम्म १ सय ५५ जनाले कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएका छन् । ४ संक्रमितले भने जीवन गुमाएका छन् ।









