गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला लकडाउनका कारण प्रभावित

काठमाडौं । गोसाइँकुण्डमा लाग्ने गंगादशहरा मेला प्रभावित भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर लकडाउन भइरहेकाले यो मेला प्रभावित भएको हो ।

दशहरा पर्वअन्तर्गत प्रत्येक वर्ष १० दिन लाग्ने धार्मिक मेला यस वर्ष शनिबारदेखि शुरू भए तापनि लकडाउनका कारण यातायात बन्द हुँदा पूर्ण रूपमा प्रभावित भएको गोसाइँकुण्ड क्षेत्र व्यवस्थापन समितिले जनाएको छ ।

गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिन गङ्गा दशहरामा मानिएको र यो जेठ १९ गते पर्ने भएकाले गोसाइँकुण्ड मन्दिरमा पुजारी पठाई विशेष पूजा गर्ने तयारी गरिएको समितिका अध्यक्ष सञ्जीव डिएमले बताउनुभयो । लकडाउनले गोसाइँकुण्डको धार्मिक मार्गमा रहेका होटल तथा लजसमेत बन्द भइसकेको बताइएको छ ।

समुद्री सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित गोसाइँकुण्डमा भक्तजन पुग्न नसके पनि समितिका तर्फबाट विशेष पूजा गरेर धार्मिक विधि पूरा गरिने अध्यक्ष डिएमले जानकारी दिनुभयो।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको