काठमाडौं । नेपाल भारत सीमा विवादपछि भारतले नेपालमाथी फेरी नाकाबन्दी गर्ने संकेत देखिएको थियो । हिँजो मात्र भारतिय मिडियामा उक्त समाचार आउँन थालेपछि अर्को छिमेकी मुलुक चीनले नेपालका लागि दर्बिलो साथ दिन सुरु गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सँगपनि दैनिक उपभोग्य बस्तु देखि विद्युत, इन्टरनेट, पेट्रोलसम्म खरिद बिक्रिका लागि पारवहन सम्झौता गरेका थियो ।
यो सम्झौता अहिले आएर वरदान सावित भएको छ । हुन त नेपाल र चीनबीचको सम्बन्ध एकदम महत्वपुर्ण रहेको छ । भारतले यस्तो घडीमा नुनदेखि अन्न पानी नै रोक्ने संकेत देखिएपछि चीनले साथ दिन थालेको हो । नेपालका लागि चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि रेल पठाएको छ । नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको हो । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको हो ।
चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ । त्यहाँबाट ट्रकले केरुङ नाका हुँदै मालसामान काठमाडौं पुर्याउने जनाइएको छ । जानकारी अनुसार यसमा ८ दिन लाग्ने देखिएको छ । पल्लो सान्सी प्रान्तले ‘छाङआन’ कार्गो रेलपछि दक्षिण एसिया लक्षित मालवाहक रेल सञ्चालन गरेको यो पहिलोपटक हो ।
चिनियाँ रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडको सिआन पश्चिम रेलवे स्टेसनले काठमाडौं पुग्ने नयाँ गन्तव्य स्टेसन सुरु गरेको जनाएको छ । चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रूपमा कार्गो रेल संयोजन गरिएको हो । अधिकारीहरूका अनुसार यो इन्टरमोडल प्रणालीमा चल्छ ।
परम्परागत अटोमोबाइल र समुद्री ढुवानीको मोडलको तुलनामा यसबाट समयावधि छोटो हुन्छ भने लजिस्टिक खर्च पनि घट्छ । सिआन र अन्य क्षेत्रबीच सिधा जोड्ने कार्गो रेल सञ्चालन भइरहेका बेला सिआनदेखि काठमाडौंसम्म सुरु भएको कार्गो रेलले सिआन र दक्षिण एसियाली व्यापारिक सम्पर्क स्थापित भएको छ ।