नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुग्यो: थप १७ जनामा कोरोना पुष्टि

काठमाडौं । प्रदेश नम्वर १ मा थप १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बुधबार राति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ । बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन्। त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन्। यो स‌गै देशभरमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको