
भरतपुर । चिनवनको भरतपुर अस्पतालको आइसियुमा उपचार भइरहेका स्वासप्रश्वासका एक बिरामीको मृत्यु भएको छ । अस्पतालले रौतहटका ६८ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ । ज्यान गुमाउने ती व्यक्तिको स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्ति क्षयरोगका बिरामी थिए । उनले ४ महिनादेखि औषधि खाइरहेका आफन्तले बताएका छन् ।