
काठमाडौं । विभिन्न जिल्लामा कोरोना भाइरसका थप १५ संक्रमित थपिएका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरका ल्याबमा गरिएको परीक्षणमा झापाका ९ र सुनसरीका २ जनामा कोरोना भाइरस संक्रमण भएको हो ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले झापाका विभिन्न ठाउँका ९ जनामा र सुनसरीका २ जनामा कोरोना भाइरसको संक्रमण पाइएको जानकारी दिए ।
त्यस्तै कपिलबस्तुको मायादेवी गाउँपालिकामा ४ जनामा संक्रमण देखिएको छ । कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलबस्तुमा आज थप ४ जनामा कोरोना भाइरस संक्रमण भएको जानकारी दिएका छन् ।
पछिल्लो संक्रमणसँगै संक्रमितको संख्या ३ सय ९० पुगेको छ । पछिल्लो पटकको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा ३ सय ७५ जना थियो ।