चितवनको एक जनामा कोरोना संक्रमण, यो सँगै संक्रमितको संख्या २७३ जना

काठमाडौं । नेपालमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका विभिन्न व्यक्ति संक्रमित भएको पुष्टि गरेको हो ।

सिरहामा पहिलो पटक संक्रमित भेटिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा ६ जनमा कोरोना पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्त समिरकुमार अधिकारीका अनुसार सबै विरामी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

चितवन । चितवनमा आज (शनिबार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्वी चितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । तर दुई जना संक्रमित भने निको भएर घर फर्कि सकेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको