नेपालमा हालसम्म २५८ जना संक्रमित- ३६ जना डिस्चार्ज, ३६३ जना रेड जोनमा !

काठमाडौंमा । गएको २४ घण्टामा पीसिआर विधिबाट १ हजार २५० वटा स्वाब नमुना परीक्षण भएको छ भने आरडिटी विधिबाट ७५८ वटा स्वाब नमुना परीक्षण भएको छ । योसँगै हालसम्म पीसिआर प्रविधिबाट २३ हजार ९१४ र आरडिटी ६३ हजार ८५ वटा स्वाब नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म देशभर १५ हजार ६ सय ८३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार आइसोलेसनमा २६७ जना छन् । उपत्यकाभित्र २७ र बाहिर २४० जना आइसोलेसनमा छन् ।

यस्तै मन्त्रालयको कोभिड १९ सम्बन्धी मोबाइल एप्लिकेसन र वेब पेजमा आजसम्म आफ्नो स्वास्थ्यको विवरण भर्नेको संख्या ३७ हजार १४७ पुगेको छ । यसमध्ये गएको २४ घण्टामा ६८२ जनाले स्वमुल्यांकन गरेका छन् । उनीहरुमध्ये थप ४ जना रेड जोनमा छन् ।

यसरी रेड जोनमा पर्नेको संख्या ३६३ पुगेको छ । रेड जोनको अर्थ सम्भावित संक्रमित हुन् ।

आजै कोशी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षीय पुरुषमा कोरोना नेगेटिभ देखिएपछि २७ औँ दिनमा डिस्चार्ज गरिएको छ । यसरी डिस्चार्ज हुनेको संख्या ३६ पुगेको छ ।

नेपालमा हालसम्म २५८ जना संक्रमित भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको