चितवन। चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको वडा नं. ७ स्थित काफलडाडाँकी कमला चेपाङले राहत पाएकि छिन् । हिजो बिहिबार कालिका दैनिक डटकम अनलाईनमा “चितवनको इच्छाकामना-७, काफलडाँडाकी कमला चेपाङको दुखेसो: परिवारकै पेटमा अन्न नपरेको २ महिना भयो ! ” शीर्षकमा समाचार प्रकाशन भए पछि सहयोगी दाताहरु मार्फत आज खाद्यान्न सहयोग पाएका छन्।
उनीसँगै काफलडाडाका अन्य ४ घरले समेत खाद्यान्न सहयोग पाएका छन्। तनहुँको आँबुखैरेनी गाउँपालिका- ४,आँमडाडा बेसीको चण्डेश्वरी युवा क्लव मार्फत ४ परिवारलाई र आँबुखैरेनी कै स्थानीय समाजसेवी एंव लायन्स क्लव अफ आँबुखैरेनीका पूर्व अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले १ घर परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराएका हुन। उपलब्ध गराएको खाद्यान्न सहयोगमा प्रति परिवार ३० किलोको १ बोरा चामल, १ लिटर तेल र १ केजी नुन रहेको छ ।
पिडितहरुलाई सहयोग प्रदान गर्दै क्लवका अध्यक्ष राजु गुरुङले अनलाईनमा प्रकाशित समाचार पढे पछि आफुलाई असाध्यै दुःख लागेको र तत्काल सहयोगका लागि क्लवबाट पहल गरिएको बताए । खाध्यान्न सहयोगको समन्वय इच्छाकामना न्युज अनलाइनका प्रधान सम्पादक चित्र सोल्टी गुरुङले मिलाएका थिए । सो सहयोग आज पुर्बी चितवनको शक्तिखोरमा पाँचै परिवारलाई बोलाई सहयोग गरिएको हो। सो अबसरमा सामुदायिक बन महासंघ चितवनका अध्यक्ष भरत प्रसाद ढुङ्गाना, सचिब लक्ष्मी कार्की, स्थानिय समाजसेवी शिव थापा, पुर्णबहादुर पुरी लगायतको उपस्थिति रहेको थियो ।
थप समाचारको तल क्लिक गर्नुहोस् ः
https://www.kalikadainik.com/2020/05/14/13467/
चितवनको इच्छाकामना-७, काफलडाँडाकी कमला चेपाङको दुखेसो: परिवारकै पेटमा अन्न नपरेको २ महिना भयो !