
काठमाडौं, १ जेठ। स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नेपालमा २ सय ४५ जनालाई मात्रै कोरोना देखिएको जनाएको छ। गल्ती सच्याउँदै मन्त्रालयले अहिलेसम्म नेपालमा २ सय ४५ जनालाई मात्रै कोरोना देखिएको जनाएको हो। यसअघि मन्त्रालयले आज बिहान थप पाँचजनालाई कोरोना देखिएको भन्दै कोरोना लाग्नेको संख्या २ सय ५० पुगेको जानकारी गराएको थियो। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीकाअनुसार अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै हो । उनले भने, ‘पछिल्लो अध्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका पाँचजनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु।’