नेपालगञ्ज र कपिलवस्तुमा गरी थप २ जनामा कोरोना पुष्टि, कुल २१९

काठमाडौँ। नेपालगञ्ज र कपिलवस्तुमा गरी थप दुइ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपलमा २१९ पुगेको स्वजास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालगञ्जकाे पछिल्लो सङ्क्रमित बाँके जिल्ला, नेपालगञ्ज नपा वडा नं ८ बस्ने ३६ वर्षीया पुरुष हुनुहुन्छ । उहाँका धुलिखेल अस्पतालमा स्वब परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थय अबस्था समान्य रहेको बताइएको छ ।

त्यस्तै कपिलवस्तुका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं ५ का २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितहरूकाे स्वास्थ्य अवस्था सामान्य छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको