काठमाडौं, ३१ वैशाख । भीआइपीको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
बुधबार ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले जानकारी गराएको छ । यसअघि पनि स्थायी कमिटीको बैठक स्थगित भएको थियो । मंगलबार साँझ भक्तपुरमा फेला परेका एक युवा सशस्त्र प्रहरीमा कार्यरत रहेका थिए । उनी पूर्वगृहमन्त्री भीम रावलका सुरक्षार्थ खटिएका थिए । उनलाई नै कोरोना देखिएपछि एकाएक बैठक स्थगित गरिएको हो । नकेपाले अर्को बैठक कहिले गर्ने भन्ने निश्चित गरेको छैन ।