प्रेस संगठन नेपालद्वारा सबै पत्रकारको कोरोना परिक्षण गर्न माग

चितवन । प्रेस संगठन नेपाल चितवनले पत्रकारको काेराेना परीक्षण गर्न माग गरेकाे छ। प्रेस संगठन चितवनले आज जारि गरेकाे विज्ञप्तिमा मंगलबार बिरगंजमा पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकोमा चिन्ता व्यक्त गरिएको छ। शाखाका संयाेजक प्रकाशमणि ज्ञवाली र सहसंयाेजक तीर्थ नेपालले जारि गरेकाे विज्ञप्तिमा संक्रमित पत्रकारलाई स्वास्थ्य उपचारमा विशेष ध्यान दिन आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएकाे छ, ,मंगलबार मात्रै बिरगंजमा पत्रकार साथीहरूमा संक्रमण पुष्टि भएकाे खवरले प्रेस संगठन चितवन अत्यन्तै गम्भीर र दुखी बनेकाे छ। संक्रमित पत्रकार साथीहरूकाे शिध्र स्वास्थ्य लाभकाे कामना गर्दछाैं।” साथै अग्रभागमा रहेर यस्तो विषम् परिस्थितीमा जोखिमा रहेका सबै पत्रकार, सञ्चारकर्मीहरुको पीसीआर विधिबाट स्वास्थ्य परीक्षण गर्न प्रेस संगठन चितवनले माग गरेकाे छ। साथै स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउँदछौं,विज्ञप्तिमा उल्लेख छ। विषम परिस्थितिमा पत्रकारलाइ सकेसम्म घरबाटै काम गर्ने वातावरण मिलाउन र कुनै पनि वहानामा कामवाट नहटाउन ,पारिश्रमिक कटाैति नगर्न संचारमाध्यम संचालक समक्ष पनि आग्रह गरिएकाे छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको