चितवनमा श्रीमानद्वारा आफ्नै श्रीमतीको हत्या

चितवन २८ बैशाख । खैैैरहनी नगरपालिकामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर -९ ,सिमलटाँडीमा एक महिलाको हत्या भएको हो ।

बारा जिल्लाको सिमरा स्थायी ठेगाना भई हाल सिमलटाँडीमा डेरा गरि बस्ने बर्ष ३४ की मन्जु अधिकारीको उनकै श्रीमानले हत्या गरेका हुन । श्रीमान ४४ बर्षिय कृष्ण अधिकारीले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेको स्थानियले बताएका छन् । हिजो  बेलुका खाना खाने समयमा घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट महिलाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्या भएकी महिला कान्छी श्रीमती भएको र जेठी श्रीमती अचेत अवस्थामा सोहि घरमा फेला परेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिनु भयो । महिलाको शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ भने खुकुरी प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको