नेपालमा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो, १६ जना उपचार पछि घर फर्किए

काठमाडौं । नेपालमा आज (बुधबार) एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। उनीहरु तीनै जना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएको बताइएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमिको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना संक्रमित उपचार पछि घर फर्किसकेका छन् । अन्य संक्रमितको नेपालका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको