उदयपुरमा थप आठ जनामा कोरोना आशंका, थप परीक्षण गर्न धरान लगियो

विराटनगर । उदयपुरको त्रियूगा नगरपालिका – ३ भुल्केस्थित थप आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो । पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो ।

संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो । तीनैमध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो । यसअघि संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको