
काठमाडौँ, ८ वैशाख । सरकारले राजनीतिक पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि बाेलाइएकाे नेकपाकाे आकस्मिक सचिवालय बैठक प्रारम्भ भएकाे छ ।
सोमबार मन्त्रिपरिषदले दल विभाजन गर्न अध्यादेश ल्याएपछि सचिवालय बैठक बोलाइएको हो ।
मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक भएपछि नेताहरुले सचिवालय बैठकको माग गरेका थिए । बैठकमा अध्यादेश ल्याउनेबारे छलफल हुने जनाइएकाे छ ।