
काठमाडौं, ७ वैशाख । लकडाउन अवधिमा विवाह गर्दैहुनुहुन्छ ? चिन्ता नलिनुहोस् समाधान निस्किइसकेको छ । तपाईंको विवाह रोकिनेछैन । विना पास विवाहको गाडी संचालन गर्ने अनुमति छ तर भीडभाड विना नै नियमपालना गरी विवाह गर्नुपर्ने हुन्छ । यसको शुरुवात भइसकेको छ ।
जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ । विवाहमा सहभागी हुने दुवैतर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ ।