
बाँके, बैशाख ७ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ ।
मृतक बेहना बैशाख ३ गते र शर्मा चैत्र ३० गते उपचारको लागि अस्पताल भर्ना भएका थिए । मृतक बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्यूमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभए पनि उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचको लागि स्वाव झिकेर बुटवल पठाईएको आजको राजधानी दैनिकमा खवर छ ।