चितवन । चितवनको राप्ती नगरपालिकामा एकैघरका दुईजनामा कोरोना संक्रमण पुष्टि भएपछि राप्ती नगरपालिकाले विशेष समिति बनाएर काम थालेको छ । एकैघरका आमा छोरामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नगरपालिकाले आज बिहान विशेष समिति बनाएर काम थालेको नगर प्रमुख प्रभा बरालले जानकारी दिइन् ।
हङकङबाट आएका अर्का छोराको भने पिसिआर परीक्षण पनि नेगेटिभ आएको छ । कोरोना संक्रमित दुईजनाको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।