युनिक साकोसद्वारा माक्स वितरण, स्थानिय तहलाई राहत सहयोग गर्ने समेत घोषणा

चितवन । युनिक साकोसद्वारा  कोरोना (कोविड-१९) रोकथाम, नियन्त्रणका लागि आफ्ना शेयर  सदस्य तथा समुदायका बासिन्दालाई २ हजार थान मास्क बितरण गरिएको छ । नेफस्कूनबाट जारी निर्देशिका बमोजिम २०७६ चैत्र २८ गते बसेको सन्चालक समितीको १५१औ बैठकको निर्णयले संस्थाका उपाध्यक्ष  प्रेमकृष्ण खनालको सम्योजकत्वमा सन्चालक सुरेन्द्रनाथ रेग्मी, चन्द्रीका महत केसी र प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामीछाने सहितको ४ सदस्यीय ” कोरोना महामारी जोखिम ब्यवस्थापन तथा सेवा सन्चालन” उप समिती गठन गरिएको छ। उक्त उपसमितीको मिति २०७७ बैशाख ४ गतेको अनलाईन बैठकको निर्णयले “सामाजिक उत्तरदायित्व” अन्तर्गत संस्थामा रहेको “सामाजिक हित कोष”बाट स्थानिय निकाय स्तरीय कोरोना रोकथाम नियन्त्रण, उपचार तथा राहत कोषमा निम्न बमोजिम नगद/ जिन्सी सहयोग उपलब्ध गराउने निर्णय गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिएको सस्थाका प्रमुख कार्यकारी अधिकृत  मेघनाथ लामीछाने बताउनु भयो ।

सहयोगको बिवरण- १.रत्ननगर न पा. – रु.१,०१,०००/- ( बरावरको खाद्यान्न ) २. कालिका नगरपालिका- रु.५१,०००/- ३. संस्थाको कार्यालय रहेको राप्ती नपा, र भरतपुर महानगरपालिका,लाई प्रती निकाय रु. २५,०००/- का दरले गरि जम्मा रु.२,०२,०००/-( दुई लाख दुई हजार ) सहयोग उपलब्ध गराउने ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको