चितवन, वैशाख ३–
र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजिटिभ देखिएका चितवनको रत्ननगर नगरपालिका–१२, एक व्यक्तिको स्वाबबाट पीसीआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।
आज (बुधबार) गरिएको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा पोजिटिभ देखिएपछि पुनः स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आजै परीक्षण गरिएको थियो । पीसीआर मेसिन मार्फत परीक्षण गर्दा ती पुरुषमा कोरोना नेगेटिभ रिपोर्ट आएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।
आज (बुधबार) अस्पतालमा ३९ जनाको र्यापिड टेस्ट गरिएकोमा एक जनामा मात्र पोजिटिभ देखिएको हो । यस्तै आजै अन्य तीन जनाको पनि स्वाब संकलन गरि भरतपुर प्रयोगशाला पठाइएको छ । यस्तै हिजो (मंगलबार) सोही अस्पतालमा १८ जनाको र्यापिड टेष्ट र ४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । ती सबैको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालका प्रशासक खड्काले जानकारी दिए ।