
काठमाडौं, बैशाख ३, कोरोनाको संक्रमण फैलिन खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासमा कडाइ गरेको छ । जिप्रका काठमाडौंले अब मृत्यु संस्कारबाहेकलाई पास उपलब्ध नगराउने भएको छ।
लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि सवारी पास नदिने बताएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बुधबार सूचना निकालेर सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको जानकारी दिनुभयो ।
उहाले परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने व्यहोरा जानकारी दिनुभयो ।
यस्तो छ, जिप्रका काठमाडौंले बुधबार जारी गरेको सूचना