सप्तरी र गोरखामा गरी थप तीन जनामा कोरोना पोजिटिभ

काठमाडौं । सप्तरीका दुईजनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ ।  भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ देखिएको हो । तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजिटिभ पाइएको छ ।

सात जनाको मङ्गलबार राति राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गरिएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले जानकारी दिएका छन् । उनीहरुमध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको हो । अर्का एक जना सुरुङ्गा नगरपालिकाको रहेको र उनलाई आज स्वाब परीक्षणकालागि राजविराज ल्याइदै छ ।

गोरखामा पनि पोजेटिभ  

यस्तै गारखाको आरुघाटका एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ । आरडीटीकिटबाट जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एकजनाको पोजेटिभ देखिएको हो ।  मंगलबार आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्ये २० जनाको जाँच गरिएको थियो । उनीहरुमध्ये एकजनाको एकजनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

तर गाउँपालिकाका अध्यक्ष पूर्ण बहादुर दाहाल कोरोना पुष्टि भईनसकेको बताएका छन् । ‘विदेशबाट आएकाहरुको चेकजाँच गरिएको हो, कोरोना पुष्टि भइसकेको छैन,’ अध्यक्ष दाहालले भने- ‘परीक्षणका लागि नमुना पोखरा पठाएको छ, अहिले यकिन भएको छैन ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको