नेपालमा वर्ष २०७७ काे भविष्यफलः असोजको अन्तिमदेखि सामान्य हुनसक्छ, कोरोनाको प्रभाव, यस्ताे छ राजनैतिक अवस्था

 काठमाडौं । यो वर्षको राजा पदमा बुध ग्रह र मन्त्री पदमा चन्द्रमा रहेका छन् भने परिमादी नामको संवत्सर रहेको छ। २०७५ र ७६ मा सुर्य र शनि क्रमश राजा र मन्त्री पदमा रहेका थिए। शनि र सूर्यबिच पुत्र र पीताको सम्बन्ध रहनुका साथै बलियो शत्रुता पनि छ त्यसैले यी दुईको जुधाईले अराजकता र विषम परिस्थिति सिर्जना गर्छ। २०७५ र ७६ जस्तै २०७७ मा पनि राजा बुध र मन्त्री चन्द्रमा बिच पुत्र पीताको सम्बन्ध र शत्रुता रहेको छ। तर यो वर्ष देश र विश्व जगतलाई केही फाइदाजनक हुने नै देखिन्छ।

नेपालमा जगत लग्न गणना गर्दा वृश्चिक राशिको लग्न पर्दछ जुन राशी नेपालको नाम राशी पनि हो। जगत लग्नमा लग्नेश मंगल उच्च भई पराक्रम भावमा रहेकोले नेपालको शासन वर्ग लगायत अन्य धेरै कुरामा सन्ताेषजनक रहन सक्छ। युवा नेतृत्वतर्फ देश मोडिनेछ। वर्ष प्रारम्भ नै चन्द्रमाको स्थिति मुल नक्षत्रमा हुनु प्रमुख ब्यक्तित्वमाथीको संकटको संकेत पनि रहेको छ।

मौसम

बुधको राशीमा राहु करिब असोज सम्मको समयमा रहनेछ भने हरित ग्रह बुध निचावस्थामा रहनुले पनि असोज सम्मको समयमा मौसमले केही फरक रुप लिन सक्छ। यद्यपि देश भित्रको अवस्थालाई हेर्नुपर्दा कृषि आदि क्षेत्रमा यो वर्ष अन्य वर्ष भन्दा बढी उब्जनि हुने देखिन्छ। असोज भन्दा पछिको समय विश्वव्यापी उष्णताको जोखिम कम देखिने, वायुमण्डलमा सकारात्मकता देखिने आदि हुनेछन्।

देशको राजनैतिक अवस्था

शासकीय ग्रहहरु बिचको शत्रुताले राजनैतिक पृष्ठभुमि भने कमजोर नै देखिए तापनि यो वर्ष तुलनात्मक रुपमा केही सुधारको अनुभुती भने गराउँछ। राज्यस्थानको सूर्य शत्रुस्थानमा रहनुले गुप्तचरहरु सक्रिय रहन खोज्लान् र पार्टी भित्रको बिभाजन वा बाँडफाँड आदिले अकल्पनीय अवस्था सिर्जना गर्न खोज्ला तर पुरै देशको पक्षमा हेर्नुपर्दा जनताले सुशासनको अनुभूति भने गर्नेछन् ।

मंगलको शुभ अवस्थाले सैनिक, प्रहरी लगाएतका सैन्य क्षेत्रले प्रगतिशील कार्यहरू गर्ने देखिन्छ भने देशका प्रमुख शासकको एवं सामाजिक संघसंस्थाहरुको नेतृत्वदायी क्षमता पनि राम्रो देखिन्छ। शनिको अवस्थालाई हेर्नुपर्दा मध्यावधि चुनाव वा पार्टीको अधिवेशन जस्ता सम्भावनालाई भने देखाएको छ। नेतृत्व परिवर्तन हुने अथवा प्रमुख नेतृत्वदायी पदहरुमा युवा एवं विचारशील सक्षम वर्ग नियुक्त हुने सम्भावना रहेको छ।

प्राकृतिक अवस्था

मंगल र शनिको युतिले सामुहिक दुर्घटना, विद्युतिय क्षति, चट्याङ, भुक्षय, आणविक दुर्घटना जस्ता विपत्ति निम्त्याउन सक्छ। वर्ष लग्नमा शनि र मंगलको जुधाई हुनुले पक्कै पनि भुकम्पको जोखिमलाई भने दर्शाउछ अथवा जनिमभित्रको आन्तरिक संरचना बिग्रने जस्ता असर देखा पर्न सक्छन्।

स्वास्थ स्थिति

जीवकारक ग्रह बृहस्पति निचावस्थामा हुनु र अष्टमेश पनि बृहस्पतिको भावमा निचावस्थामा हुनुले त्यति शुभ भने देखाउँदैन । देशभित्र र देश बाहिरको चिकित्सा क्षेत्रमा भने ठूलो असर देखा पर्न सक्छ। सकारात्मक पक्ष के भने औषधिजन्य पदार्थको उचित प्रयोग हुने, लोपोन्मुख अवस्थाका जडिबुटीहरुको संरक्षण हुने जस्ता कार्यहरु अघि बढ्न सक्छन्।

बुध निच रहनु र चन्द्रमा केतुको युति हुनुले प्रशिद्ध ब्यक्तिहरुले आत्महत्या गरेका वा रोगको सिकार भएका खबरहरु आउन सक्छन् भने, नाक, घाटी, नशा र फुड पोइजनिङ् आदिका बिरामीहरु बढ्नेछन्। विश्वजगतमा चिकित्सा क्षेत्रमा नयाँ प्रविधिको बिकास भने हुनेछ यद्यपि यसको उचित प्रयोग र ब्यवस्थापनको लागि आन्योलता भने रहिरहनेछ।

नोबेल कोरोना भाइरसको कुरा गर्नुपर्दा वर्षको प्रारम्भसँगै राहतको अनुभव एवं जेठको पहिलो साताबाट प्रभावकारी औषधिको अन्वेषण तथा नियन्त्रणका उपायहरू देखिनेछन् भने असोजको अन्तिमदेखि पुनः सामान्य अवस्थामा आउन सुरु हुनेछ।

फिल्मी तथा सञ्चार

फिल्म इन्डस्ट्रीहरुले भने यो वर्ष राम्रै प्रगति गर्ने देखिन्छ। नयाँ कलाकार एवं नयाँ प्रविधियुक्त चलचित्रहरु निर्माण हुनेछन्। लगभग असोज कार्तिक भित्रकाे समयसम्म भने चुनौतीहरु देखापर्नेछन्। राहु र केतुको स्थितिले संचारमा अप्ठ्यारो भने देखाउछ। वर्षको मध्य समयसम्म server हरुमा समस्या, trafficking हरु देखापर्ने, internet banking system मा अप्ठ्यारोपन देखापर्ने, आदि हुन सक्छन्।

वर्षको अन्तिमका ४-५ महिना भने सञ्चारमा सुधारहरु देखापर्नेछ, यसको प्रयोगको बिस्तारहरु बढ्नुका साथै उचित ब्यवस्थापन पनि हुनेछ। आन्तरिक बुझाईमा भने कमि आउनेछ। सञ्चारकर्मीहरुले नकारात्मक संदेश प्रवाह गर्दा सर्वसाधारणहरु रुष हुनेछन्। यो वर्ष पनि पत्रकारहरु निकै होसियार रहनु नै बुद्धिमान हुनसक्छ।

अपराधिक घटना

अपराधिक घटनाहरु विगतका जस्तै उस्तै भयावह अवस्थामा नै रहने देखिन्छ। खासगरी शारीरिक अङ्गको बेचबिखन, लागूऔषध ओसारपसार, आतंककारी हमला वा विष्फोटन, बैंकहरुमा चोरी जस्ता अपराधहरु बढ्नेछन्। भ्रष्टाचार र अनियमिततामा भने केही कमि महसुस हुन सक्छ।

विज्ञान तथा प्रविधि

यो वर्ष रसायन विज्ञानको लागि चुनौतीहरु देखापर्नुको साथै नयाँ तथा रोचक आविष्कारहरु पनि गर्नेछन्। मूल नक्षत्रमा रहेको चन्द्रमाले अनौठा र विज्ञान जगतको लागि फड्को मार्ने शुत्रहरुको पहिचान हुनेछ। भौतिक तर्फ खगोल विज्ञानले अन्तरीक्षमा नयाँ ग्रह वा अन्तरिक्षप्राणीको संकेत भने प्राप्त गर्नेछ। विज्ञान तथा प्रविधिको लागि सुधार दर राम्रो अवस्थामा रहनेछ।

अर्थतन्त्र र देशको अवस्था 

विश्वको अर्थतन्त्रलाई विचार गर्नुपर्दा धेरै नै चुनौतीपूर्ण देखिए तापनि प्रमुख राष्ट्रहरुले प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गरि अर्थतन्त्रलाई जोगाउन सक्नेछन्। नोटहरू को प्रयोग कम हुँदै अनलाइन तथा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग र बिस्तार बढ्नेछ।

देशभित्रको आर्थिक अवस्था विचार गर्नुपर्दा धार्मिक तथा सांस्कृतिक सम्पदाहरु बाट आर्थिक लाभ गर्ने देखिन्छ तर वचत तथा आम्दानीको दृष्टिले भने उस्तै कमजोरी र भयावह अवस्था नै रहनेछ। कृषि र पशुपालन बाट देशबासीको आर्थिक अवस्था सुधारन्मुख रहनेछ। निजि संघ सस्था आदिको आम्दानीहरु बढ्नेछन्। देशको आर्थिक स्थिति भने भयावह नै रहला। आर्थिक दर बढ्ने अवस्थामा तुलनात्मक रूपमा अति सुस्त हुनेछ। देशभित्र ढुङ्गा, जमिन, धातु आदिको ब्यवसायमा जोड बढ्नेछ।

परराष्ट्र मामिला

देशको परराष्ट्र मामिला भने सुधार उन्मुख तथा संतोषजनक रहनेछ। देशको नेतृत्व विश्वजगतमा संदेशमुलक तथा प्रशंसनिय नै हुनेछ। नेपालको नाम विश्वव्यापी हुने मौका मिल्नेछ अन्य देशहरु सँगको केही घातक सम्झौता रहन खोजे पनि त्यसमा सार्थकता भने हुनेछैन यद्यपि सकारात्मक पक्षमा अन्य देशहरूसँग राम्रै सहयोग हुने एवं गलत सम्झौताहरुको संशोधन हुने आदि देखिन्छ।

कानुन

कानुनमा सुधार आउनेछ। तेस्रो लिङ्गीहरुले पनि हक अधिकारको कुराहरू माग गर्नेछन्। नारी अधिकार, स्वतन्त्रता र नेतृत्वको विषयले चर्चा लिनेछ। अपराधीहरु तथा भ्रष्टहरु कानुनले सजाय दिने प्रयास नै गर्नेछ। प्रधानन्यायाधीश अथवा न्याय प्रधान ब्यक्तित्वहरुमा भने बाधा वा अप्ठ्यारो परिस्थिति सिर्जना हुनसक्छ। तेस्रो लिङ्गीहरुको संघठन वा समूहले अनौठो अवस्थाहरु सिर्जना गर्न सक्छन् ।

सार्वभौमसत्ता

चतुर्थेश तृतीय स्थानमा रहनु र मंगलको शुभ अवस्था हुनु देशको सार्वभौम र स्वाभिमानको पक्षमा राम्रै संकेत गर्दछ। सिमा बिबाद रहिरहे तापनि सिमनामा थप सुरक्षाको लागि राम्रा पहल हरु हुनेछन्। नेपालको सैन्य क्षत्र र युवा नेतृत्वले राष्ट्रियताको पक्षमा आँच आउन दिने छैन भने सिमा क्षेत्र बलियो हुने पनि देखिन्छ। खुल्ला सिमानामा केही बलियो वा प्रतिबन्ध हुनसक्छ।

हवाई प्रणाली एवं अन्य दुर्घटना

अन्तरीक्ष यानहरु प्रक्षेपणमा सफलता मिल्नेछ। वायुकारक शनि शत्रु ग्रह मंगल सँग को युतिमा रहनुले हवाई दुर्घटना अथवा अन्य आणविक विस्फोटन, ठुला भौतिक संरचनाहरु ढल्ने, यातायात दुर्घटना जस्ता प्रकोपहरु देखापर्न सक्छन्। तर देशभित्र त्यति ठूलो डरलाग्दो परिस्थिति भने रहने छैन। यद्यपि बैशाखको महिना भने अन्य कुनै कारणले अलिक संकटमय अवस्थालाई संकेत गरेको देखिन्छ।

विकासका कार्य

यो वर्ष बिकास निर्माण ठूलो धनराशिमा नहुने भए पनि दिगो विकासका कार्ययोजनाहरु भने अगाडि बढ्नेछन्। खासगरी कृषि, सिचाइ तथा खानेपानीका योजनाहरुले सार्थक रूप लिनेछ। सांस्कृतिक सम्पदाहरुको संरक्षण, धार्मिक स्थालको निर्माण तथा मर्मत आदि हुनेछन् भने यातायातका मार्गहरु पनि नयाँ बनाउने अथवा क्षेत्र विस्तार गर्ने आदि प्रयासहरु हुनेछन्।

पर्यटकीय अवस्था

देशभित्रका आन्तरिक पर्यटकको वृद्धि हुने देखिन्छ भने बाह्य पर्यटनको संख्या करिब वर्षको मध्य समयसम्म न्यून नै रहनेछ। धार्मिक, शैक्षिक तथा धार्मिक पर्यटकहरु वृद्धि हुनुको साथै पर्यटकीय स्थलहरुको विकासको लागि सामान्य पहलहरु हुनसक्छन्। पर्यटकीय अवस्थामा त्यति धेरै उतारचढाव हुने भने खासै देखिएको छैन। यद्यपि धार्मिक क्षेत्र नै पर्यटकको मुख्य बिन्दु रहन सक्छ। पुस पछि पर्यटकहरूमा पनि तुलनात्मक वृद्धि हुनेछ।

धर्म तथा राजतन्त्र

निचावस्थामा बृहस्पति रहनुले धार्मिक चुनौतीहरु देखापर्न सक्छन् यद्यपि धर्म भावको स्वामी चन्द्रमा देशको वर्षलग्नमा बृहस्पतिको राशी मण्डलमा रहनुले आध्यात्मिक चेतनाको स्तर बढ्ने देखिन्छ। मानिसहरु धार्मिक भावनाले प्रेरित हुने, आध्यात्म दर्शन तथा मांगलिक कार्यहरूमा सहभागी हुने दर बढ्नेछ। विश्वमा पूर्वीय दर्शन, वैदिक ज्ञानहरुको अनुसरण हुँदै जानेछ। पूर्वीय तथा वैदिक विज्ञानमा विभिन्न खोज तथा प्रचारप्रसार हरु अन्य मुलुकमा पनि बढ्दै जाने देखिन्छ। देशभित्र धर्मसँग सम्बन्धि मुल ब्यक्तिमाथी प्रहार वा शोक पर्नसक्ने समेत देखापरेको छ।

जलिय क्षेत्रमा रहेका शक्तिपीठ एवं मन्दिरहरूकाे संरक्षण बढ्नेछन्। राजतन्त्रको विषयमा चर्चा गर्नुपर्दा, पूर्व राजवंशीय परिवाभित्र शोक वा संकट आईपर्न सक्छ। जनताको चाहना राजतन्त्रप्रती अझ बढ्दै जानेछ। पूर्व राजसंस्था प्रती प्रेम तथा चासो बढे तापनि पूनर्स्थापनाको लागि अबरोध नै रहनेछ। राजा वा राज सदस्यको जनतामाझ घुलमिल बढ्नेछ भने प्रेम तथा स्नेह भने उत्ति नै प्राप्त गर्ने छन्। धर्म सम्बन्धि नयाँ नियम तथा विधेकहरु बन्नेछन्।

शिक्षा

देश र पुरै विश्व जगतको नकारात्मक पक्ष भनेकै शिक्षा क्षेत्रमा हुनसक्ने देखिन्छ। शिक्षा क्षेत्रमा अनियमितता, ढिलासुस्तीदेखी, गुणस्तरहिन प्राणाली रहनसक्ने देखिन्छ। साक्षर संख्यामा सामान्य नै रहनेछ। प्रविधिका विषयसँग सम्बन्धि शिक्षा प्रणाली तथा नितिहरु भने केही संतोषजनक रहला यद्यपि यसको आन्तरिक अवस्था भने चिन्ताजनक नै छ।

देशको लग्नको पञ्चम भावमा निच बुध र पञ्चमेश तथा प्राकृतिक ज्ञानकारक बृहस्पति पनि निचगत हुनु बौद्धिक ब्यक्तिहरुको पनि बौद्धिकतामा कमि आउनु, सहि निर्णय लिन नसकेर विचलित हुनु, विशेष ब्यक्ति माथी दोष आरोप तथा बदनाम हुने षड्यन्त्र बढ्नु आदि संकेत मिल्न सक्छ।

खेलकुद

खेलकुदमा तुलनात्मक रुपमा सामान्य नै देख्न सकिन्छ, यद्यपि संचालन भएका प्रतियोगिता तथा म्याचहरुमा राम्रै प्रगतिशील रहला।

(राजकुमार आचार्य ज्याेतिष हुन् । उनकाे फेसबुक पेजबाट हामीले यो लेख साभार गरेका हौँ)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको