
काभ्रे, २ बैशाख। काभ्रेमा दुई युवामा कोरोना संक्रमण देखिएको छ। काभ्रेपलाञ्चोक जिल्लाको बेथाञ्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक/ एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको हो। थप परीक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ। बेथान्थोक गाउँपालिका वडा नम्वर ५ का २८ वर्षीय युवालाई आरडिटी परिक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनी चैत ९ गते भारतबाट नेपाल फर्किएका थिए। उनलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ। पहिलो परिक्षणमा उनलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ। द्रुत परिक्षणमा भएको किटले उनमा संक्रमण देखाएको हो। बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन्। त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ वर्षीय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो। उनी चैत ७ गते दुबईबाट फर्किएका थिए। उनलाई २२ दिन क्वारेन्टाईनमा राखेर घर पठाइको थियो। उनलाई पनि थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ। उन स्वाबको परीक्षणपछि दोश्रो रिपोर्ट आउनेछ।