अर्थमन्त्री डा.खतिवडा पनि कोरोनाको जोखिममा: ८ गते अपार्टमेन्टमा थिए उनी

काठमाण्डौ । काठमाण्डौको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण भएको छ । उनीहरूको र्‍यापिड टेस्टमा पोजेटिभ आएपछि पाटन अस्पताल भर्ना गरिएको छ ।

उनीहरूमा कोरोना पोजेटिभ देखिएपछि अर्थमन्त्री डा. युवराज खतिवडा पनि त्यहाँ पुगेकाले उनि पनि जोखिममा परेको र परिक्षण गर्नुपर्ने बताइएको छ ।

उनीहरुमध्ये २ जना १८ दिनअघि बेलायतबाट कतार एयरबाट नेपाल आएको खुलेको छ । अहिले उनीहरु बस्दै आएको अपार्टमेन्ट प्रहरीले सिल गरेको छ । अपार्टमेन्ट परिसरमा प्रहरी तैनाथ गरिएको छ ।

र्‍यापिड टेस्टमा आएको नतिजा शतप्रतिशत सही नहुन पनि सक्ने विज्ञहरुले यसअघि नै बताइसकेका छन् । आइतबार र्‍यापिड टेस्टमा पोजिटिभ देखिएकी बाग्लुङकी एक महिलाको सोमबार पोखरामा गरिएको पिसिआर टेस्टमा भने नतिजा नेगेटिभ देखिएको थियो ।

सो अपार्टमेन्टको वेल फेयर सोसाइटीको चुनावपछि बधाई दिन अर्थमन्त्री डा. युवराज खतिवडासमेत पुगेका थिए । कोरोना पोजेटिभ देखिएका परिवार बेलायतबाट वेल फेयर सोसाइटीको चुनावका लागि नेपाल आएका थिए ।

सोसाइटिको सचिवमा अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलिक खतिवडा निर्वाचित भएका थिए । चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा. खतिवडासमेत पुगेकाले उनको पनि तत्काल परीक्षण गर्नुपर्ने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको