धगगढी, बैशाख १ , कैलालीमा एक महिलालाई कोरोनाको संक्रमण देखिएको छ । विरगञ्जबाट चैत १० गते घर फर्किएकी ६५ वर्षिया महिलामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी महिलामा कोरोनाको संक्रमण देखिएको हो । र्यापिड टेस्टेमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि सेती अस्पतालको एम्बुलेन्समा धनगढी पठाइएको छ ।
‘कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ, पुन परीक्षण गर्दा पनि संक्रमण पाइएपछि उहाँलाई आइसोलेसनमा राखिएको छ’, सचिव कोइरालाले भन्नुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार दिउँसो गरिएको पुन परीक्षणको नतिजा पनि पोजेटिभ आएको थियो । उहाको स्वास्थ्य अवस्था राम्रो रहेको र केहीबेर अघि मात्र आइसोलेसनमा राखिएको छ ।
यीसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पँच पुगेको छ । धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार वीरगन्जमा चिया पसल संचालन गरेर बसेकी महिला लकडाउन अघि कैलाली आइपुगेकी थिइन् ।
उनीसहित १७ जनाको टोलीलाई र्यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आइतबार साँझ घर पठाइएको थियो । तर, सोमबार बिहान उनको पोजेटिभ देखिएको खबर आएपछि अस्पताल भर्ना गरिएको छ । यसअघि लम्कीचुहाकै २१ वर्षीय युवकमा कोरोनाको संक्रमण पाइएको थियो ।