नयाँ वर्ष: आज वैशाख १ गते सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपंक्तिमा रहेर काम गर्ने चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले तय गरेको कार्यक्रममा ऐक्यवद्धता जनाउनुु हुँदै नयाँ वर्षको दिन आज बिहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन ट्वीट मार्फत आह्वान गर्नुुभएको हो ।

प्रधानमन्त्री ओलीले ग्लोबल कम्प्याक्ट नेपालको अभियान आफूलाई राम्रो लागेको उल्लेख गर्नुहुँदै सहभागी हुन सबैमा आह्वान गर्नुभएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको