डडेल्धुरा, ३० चैत । कोरोना भाइरस कोभिड १९ को आशंकामा आइसोलेसनमा राखिएका दुई शंकास्पद व्यक्ति भागेका छन् । डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसनबाट शनिबार उनिहरु भागेका हुन् ।
कोरोना आशंकामा तीन दिनअघि उनिहरु अस्पताल भर्ना भएका थिए । अस्पतालबाट भागेका उनीहरूहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्।
उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ। गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा–छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ।
उनिहरुको नमुना परीक्षणका लागि काठमाडौं पठाइएको छ ।