अनिता अर्याल, चितवन । रत्ननगर नगरपालिका वडा नं १२ ले राहत वितरण गरेको छ । शनिबार घर घरमै पुगेर १९८ बिपन्न परिवारलाई राहत वितरण गरेको छ । औपचारिक रुपमा चैत्र २८ गते सालघारी सुकुम्बासी बस्ती र सो आसपासमा रहेका, रहेका आठ वटा टोल बिकास संस्थाका अति बिपन्न १४६ परिवारलाई बितरण गरि कार्यक्रमको औपचारिक रुपमा शुरु गरिएको हो ।
पहिलो चरणको लागि आएका कुल ४६० आवेदन मध्ये ११६ घर परिवारका लागि बिभिन्न व्यक्ती तथा संघ संस्था मार्फत प्राप्त भएको सहयोग बाट बितरण गरिएको वडा सचिव महेश सुवेदीले जानकारी दिनुभयो । जमुनापुर हेल्प सोसाइटी, स्वागत बचत तथा ऋण सहकारी संस्था, शान्ति कुन्ज महिला उधमी सहकारी, कुल बहादुर खत्री, लगायत बिभिन्न संघ सस्था र व्यक्तीहरु बाट सहयोग आएको बडा अध्यक्ष बिर बहादुर पाख्रीनले बताउनु भयो ।
राहत वितरण गर्नु अघि वडा अध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरी सहितको एघार सदस्यीय वडा स्तरीय बिपद व्यबस्थापन समिति गठन गरिएको थियो । बिदेशी नागरिक र छुटेका अति बिपन्न श्रमीक परिवारको हकमा बस्तुगत अबस्था मुल्याङकन गरी बिपद व्यबस्थापन समीतिको निणर्यले मापदण्ड निर्धारण गरी आबस्यकता अनुसार बितरण गरिने उहाँले जानकारी दिनुभयो ।