कालिकाको मनकामना दुग्ध सहकारीद्वारा किसानलाई माक्स वितरण तथा सचेतना कार्यक्रम
२७ चैत्र २०७६, बिहीबार ०८:१३
चितवन । पुर्बी चितवनको कालिका- ६, खोलेसिमलमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी सस्था लि. ले आफ्ना किसानलाई निशुल्क माक्स वितरण गरेको छ । सस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईंको समन्वयमा भएको सो कार्यक्रममा सस्थाका उपाध्यक्ष रामचन्द्र सापकोटा, पुर्ब अध्यक्ष नारायण दत्त कंडेलको उपस्थिति रहेको थियो । सस्थाले आज ३ सय भन्दा बढी सदस्य हरुलाइ माक्स वितरण गरेको हो। साथै सस्थामा दुध भर्न गएका किसान हरुलाइ सामाजिक दुरि कायम गराउदै दुध भराएकाे सस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईंले बताउनु भयो । साथै सस्थामा आउने सबै किसानलाई कोरोना भाइरसबाट बच्न सधै माक्स लगाउन र पटक- पटक साबुन पानीले हात धुन पनि अनुरोध गरेको उहाँले जानकारी दिनु भयो ।