रत्ननगर १३ मा राहत वितरण कार्य सुरु

रवि रोषी,रत्ननगर । कोरोना भाइरस कोभिड १९ को रोकथामको लागि सरकारले लागू गरेको लकडाउनको कारण दैनिक ज्याला मजदुरी गरेर खाने १३ नं. वडाको अति विपन्न वडावासी नागरिकहरुको लागि आज बाट खाद्यान्न वितरण सुरु गरिएको छ ।

रनपा १३ का जनप्रतिनिधीहरुले समग्र १३ नं. वडाको स्थलगत अनुगमनबाट संकलित अभिलेख अनुरुप कुल ६२६ जना अति विपन्न परिवार मध्ये आज रत्ननगर नगरपालिका साविक १३ नं. वडाका २४३ जना परिवारलाई राहत वितरण कार्य सम्पन्न भएको छ । थप बाँकी वितरण कार्य भोलि विहान देखि रनपा १३ को पञ्चकन्या उच्च मावि, लौरीघोरको स्कुल प्रांगण तथा देवीरमण माध्यमिक बिद्यालयमा वितरण गरिने कुरा रनपा १३ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले बताए ।

राहत वितरण कार्यमा रनपा १३ का अध्यक्ष चित्र बहादुर भण्डारीको नेतृत्वमा वडा सदस्यहरुमा अजित चौंरेल, हुकुम सूयेल, महिला वडा सदस्य संगिता भण्डारी, वडा नं. १३ नेपाली कांग्रेस सभापति सिता अधिकारी, रत्ननगर मेलमिलाप केन्द्रका सचिव टोम प्रसाद भट्टराई, सामाजिक व्यक्तित्व माधव कट्टेल, वडा नं. १३ का वडा सचिव गोपाल भट्टराई, नेकपा वडा सचिव बद्रि विलास खतिवडा, पञ्चकन्या उच्च माध्यमिक विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष इश्वर खनालको उपस्थिती तथा सहकार्यमा राहत वितरण कार्य गरिएको थियो ।

कुल ६२६ मध्ये २४३ जना घर परिवारलाई वितरण कार्य सम्पन्न भए पनि थप ३८३ जनालाई वितरण कार्य भोलि विहान ८ बजे देखि नै सुरु गरिने कुरा अध्यक्ष भण्डारीले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको