
काठमाडौं, २४ चैत । मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । कोभिड १९ काे संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो ।
चैत १७ मा थप एक हप्ता चैत २५ सम्म लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । सुदूरपश्चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन थप गर्ने निर्णय गरेको हो ।
मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले थप गर्ने निर्णय गरेको हो। नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ भने एकजना निको भइसकेका छन् ।