
गोरखा । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स सम्मान आफ्नै घर फर्काउन थालेको छ ।
‘कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि गठित प्रतिकार्य समिति २४ सै घण्टा सजग अवस्थामा रहन्छ’, उनले भने, ‘गाउँमा नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै समितिको बैठक बसेर आवश्यक निणर्य गर्छ ।’
‘प्रतिकार्य समितिले गाउँभित्रका लागि अत्यावश्यकबाहेक गाउँ बाहिर पनि जान दिँदैन र गाउँ बाहिरकालाई गाउँमा आउन पनि दिदैँन,’ उनले भने । साथै प्रतिकार्य समितिले गाउँपालिकाका सबै टोलमा पुगेर कोरोनाविरुद्धको सचेतना प्रदान गर्ने काम पनि समितिले गर्दै आएको उनले जानकारी दिए ।
अध्यक्ष गुरुङका अनुसार गाउँपालिकाभित्र प्रवेश गर्ने र बाहिर निस्कने सबैको लागत प्रतिकार्य समूहलेसमेत राख्ने गरेको छ । त्यस्तै पालिकाभित्र सञ्चालित एम्बुलेन्स चालकको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको उनले बताए । ‘विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा राखिएको छ,’ अध्यक्ष गुरुङले भने, ‘क्वारेन्टाइनमा बसेकाले नियम पालना गरे नगरेकोसमेत दिनहुँ अनुगमन हुन्छ ।’